ई
Romanized: ee, ii, i
ई (ee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ई
1.
देवनागरी वर्णमालाको स्वरवर्णमध्ये चौथो स्वरवर्ण; परम्परागत रूपमा तालव्यस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार अग्र बन्द दीर्घ स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
ई(१)
(विस्मयादिबोधक [संस्कृत इः])
१..
घृणा, अवहेलना र सिँझ्याहट आदि मनका भाव प्रकट गर्दा प्रयोग गरिने शब्द। (उदा.- ई, जति गाली गरे पनि आफ्नो बानी छाडिन्छ र!)।
२..
अरूलाई हियाउँदा वा लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द। (उदा. ई, गर ! ई, खा!)।
३..
कुनै नजिकको वस्तु औंल्याउँदा उच्चारण गरिने शब्द। (उदा. ई, तिमीले खोजेको माल यहीँ रहेछ)।
उदाहरण वाक्य
- ई, जति गाली गरे पनि आफ्नो बानी छाडिन्छ र!