उकास्नु
Romanized: ukaasnu, ukaashnu, ukashnu, ukasnu
भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु, तल रहेको वस्तुलाई मास्तिर पुऱ्याउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [उकास+नु]
१.
भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु, तल रहेको वस्तुलाई मास्तिर पुऱ्याउनु ।
२.
गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु।
३.
तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुऱ्याउनु; उठाउनु।
४.
आपद्विपद्बाट छुटकारा दिलाउनु।