उचाल्नु
Romanized: uchaalnu, uchalnu, ucaalnu, ucalnu
जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत उच्चाडण+नु]
१.
जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु।
२.
पिठ्यूँमा हाल्नु; बोक्नु।
३.
कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु।
४.
अग्ल्याउनु; उँचो पार्नु।