उठाउनु
Romanized: uthaaunu, uthaunu
निद्राबाट जगाउनु; बिउँझाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [उठ्+आउ+नु]
१.
निद्राबाट जगाउनु; बिउँझाउनु।
२.
ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु।
३.
बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु।
४.
आसामीबाट साँवाब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु।
५.
(सकर्मक क्रिया)
कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु।
६.
कामको जिम्मा लिनु; अभिभारा बोक्नु।
७.
कसैलाई काम गर्ने प्रेरणा दिन; उत्साहित पार्नु ।
८.
कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु, उद्योगमा लगाउनु।
९.
उचाल्नु; धाप दिनु; माथि पुऱ्याउनु ।