उठ्नु
Romanized: uthnu
सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ङ्ग हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत उठ+नु]
१.
सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ङ्ग हुनु।
२.
निद्राले छाड्नु; बिउँझिनु।
३.
बसेको ठाउँ छाड्नु, बसाइँ सर्नु।
४.
पहिलेभन्दा उन्नति हुनु, उँभो लाग्नु।
५.
आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु।
६.
गहिरो भाग पुरिनु; अग्लो हुनु।