उत्तोलक
Romanized: uttolak, uttolaka
मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल।
२.
गह्रौँ वस्तु उचाल्ने यन्त्र; क्रेन।
३.
बिजुलीको भरेड; लिफ्ट।
४.
कुनै दण्डलाई स्थिर बिन्दुमा अड्याएर चारैतिरको भाग घुमाउन सकिने यन्त्र; धुरी।
५.
किनबेच गर्दा सानातिना सामान तौलने साधन; तराजु ।
६.
(विशेषण)
उभ्याउने; उठाउने; उचाल्ने।