Romanized: e

ए (e) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ए(१)

1.
संस्कृत वर्णमालाको एघारौं तथा देवनागरी वर्णमालाका खास प्रचलित स्वरवर्णमध्ये आठौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठतालुस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, आधाबन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।

ए(२)

(विस्मयादिबोधक [संस्कृत])
१..
एकाएक सम्झना, जोस, रिस, तिरस्कार, आश्चर्य आदि जनाउँदा प्रयोग हुने शब्द। (उदा.- ए, मैले भनेको थिएँ। ए, हो र भन्या!)।
२..
कसैलाई बोलाउँदा वा डाक्दा नामका अगाडि वा एक्लै प्रयोग गरिने शब्द (ए राम! आज यति काम गर है? ए यता आइज।)।

उदाहरण वाक्य

  • ए, मैले भनेको थिएँ। ए, हो र भन्या!

सम्बन्धित शब्दहरू