एक
Romanized: ek, eka
पूर्ण राशिमा सङ्ख्याक्रमका हिसाबले पहिलो सङ्ख्या; १ को अङ्क। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूर्ण राशिमा सङ्ख्याक्रमका हिसाबले पहिलो सङ्ख्या; १ को अङ्क।
२.
(विशेषण)
एउटा; यौटा।
३.
अरूभन्दा श्रेष्ठ; सर्वश्रेष्ठ; अद्वितीय; मुख्य; प्रमुख।
४.
शक्ति, गुण आदिका दृष्टिले उस्तै; तुल्य; सदृश। (उदा.- हाम्रा लागि दुवै छिमेकी एक हुन्।)।
उदाहरण वाक्य
- हाम्रा लागि दुवै छिमेकी एक हुन्।