ओइरनु
Romanized: oiranu
चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु।
२.
कल, कोल आदिमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु।
३.
रिसले कुनै वस्तु कसैलाई धेरै दिनु ।
४.
(अकर्मक क्रिया)
तरल, धुलो वा दानादार वस्तु ठुलो परिमाणमा पोखिनु वा चुहिनु।
५.
लस्कर लाग्नु।
६.
जाइलाग्नु।