औ
Romanized: au
औ (au) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
औ(१)
1.
संस्कृत वर्णमालाको चौधौं तथा देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये एघारौं स्वरवर्ण; परम्परागत रूपमा कण्ठओष्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय अर्द्धबन्द बिन्दुबाट थाली पश्चबन्द बिन्दुमा पुगी टुङ्गिने द्विस्वर।
औ(२)
(संयोजक [संस्कृत अपर])
1.
दुई वा दुईभन्दा बढी शब्द वा वाक्यलाई जोड्ने संयोजक; र; अरू; अनि; तथा।