कथा
Romanized: kathaa, kath, katha
प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना; कहानी; गल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ना [संस्कृत]
१.
प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना; कहानी; गल्प।
२.
नाटक, उपन्यास, महाकाव्य आदिमा पाइने कथावस्तु; कथानक; कथासार।
३.
चम्पूका रूपमा अथवा विशुद्ध गद्यमा लेखिएका आधुनिक कथा अथवा उपन्यासका पूर्वरूप मानिने विविध आकारप्रकारमा विभक्त आख्यानसाहित्यको पुरातन रूप; उपाख्यान; दन्तेकथा; आहान; किस्सा; कुथुङ्ग्री।
४.
उक्ति; कथन; भनाइ।
५.
नालीबेली; पुर्यौली; पुख्र्यौली; इतिवृत्त; इतिहास।