कन्तुर
Romanized: kantur, kantura
तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नका लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी काउन्टर]
१.
तत्काल बिक्री भएका सामानबाट आएको नगद राख्नका लागि पसलेले प्रयोग गर्ने, प्रायः दुलोबाट पैसा छिराउन मिल्ने, धातु अथवा काठ आदिको छरितो बाकस।
२.
त्यस्तै काममा प्रयोग गरिने भित्र अलग अलग वर्गका मुद्रालाई छुट्टाछुट्टै राख्न मिल्ने गरी बनाइएको दुलो नभएको बाकस।
३.
गहनागुरिया र दामी वस्तु राख्नका निम्ति बनाइएको बाकसभित्र राखिने गुप्ती बाकस।
४.
बाकस; सन्दुस; पेटी।