कमानी
Romanized: kamaani, kamaanee, kamanee, kamanii
भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी कमान]
१.
भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिङ।
२.
घडीमा दम दिँदा पटुका कसिए मैं कसिने र दम निखँदा खुकुलिएर फुक्ने एक यान्त्रिक प्रणाली।
३.
स्मरणशक्ति तथा विवेकसँग सम्बन्धित स्नायुहरूको प्रणाली (मान्छेमा सीमित)।