कला

Romanized: kalaa, kal, kala

कुनै पनि काम राम्रोसित गर्ने सिप, कौशल आदि व्यवहारोपयोगी चौसट्ठी कला। जस्तै- गायन, वादन, नर्तन, नाट्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पनि काम राम्रोसित गर्ने सिप, कौशल आदि व्यवहारोपयोगी चौसट्ठी कला। जस्तै- गायन, वादन, नर्तन, नाट्य, चित्रकारी, विशेषकच्छेद्य (टीकाटाला गर्नु), तण्डुलकुसुमावलि (चामलका दानाले फूलबुट्टा बनाउनु), पुष्पास्तरण (फूलैफूलको श्रृङ्गार रच्नु), अङ्गराग (बुकुवा, पाउडर आदि लगाउनु), मणिभूमिका कर्म (घर सजाउनु), शयनरचना (बिछ्‌याउना सजाउनु), उदकवाद्य (जलतरङ्ग बजाउनु), उदकाघात (पचका हान्नु), चित्रायोग (उमेर वा अवस्था परिवर्तन), माल्यग्रन्थन (माला गाँस्नु), केशशेखरापीड (कपालमा फूल सजाउनु), नेपथ्ययोग (पोसाक फेर्नु), कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा आदि लगाउनु), गन्धयुक्ति (अत्तर आदि लगाउनु), अलङ्कार योग (गहना पहिरनु), ऐन्द्रजाल (चटक गर्नु), कौचुमार योग (रूपरचना), हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), सूपकर्म (खाना पकाउने काम), पानकादि भोजन (सर्बत आदि बनाउनु), सूचिकर्म (सिलाइको काम), सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), वीणाडमरुवाद्य (सितार, तबला आदि बजाउनु), प्रहेलिका (जान्ने-गाउँखाने कविता, कथा रच्नु), प्रतिमाला (अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), दुर्वाचकयोग (कठिन पदहरूको अर्थ गर्नु), पुस्तकवाचन (राम्रोसित पुस्तक पढ्नु), नाट्यकला (हाउभाउ झिकेर नाटकहरू खेल्नु/खेलाउनु), समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), पट्टिकाबाण विकल्प (मेच, कुर्सी आदि बनाउनु), तक्षकर्म (काठको मरमती काम), तक्षण (सिकर्मी काम), वास्तुकर्म (घर आदि बनाउने काम), रूप्यरत्न परीक्षा (सुनचाँदीको काम), धातुकर्म, मणिरागज्ञान (जुहारती काम), आकरज्ञान (खनिजविद्या), वृक्षायुर्वेदयोग (बगैंचा बनाउने काम), सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), शुकसारिका प्रलापन (सुगा, मैना पालेर पढाउनु), उत्सादन (तेल मालिस गर्ने काम), अक्षरमुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु), देशभाषाज्ञान (देशका विभिन्न भाषा जान्नु), पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), यन्त्रमातृका (जन्तरमन्तर गर्नु), धारणमातृका (रक्षाबुटी बाँध्ने काम), सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), मानसीव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), अभिधानकोश छन्दोज्ञान (शब्दकोश र छन्दका लयहरू जान्नु), क्रियाविकल्प (क्रियाको प्रभाव बदल्नु) छलितयोग (ठगी वा ऐयारी गर्नु), वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), द्यूतक्रीडा (जुवा), आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), बालक्रीडन (केटाकेटीको खेल), वैनायिकी (नम्रता, शिष्टाचार), वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), वैजयिकी (लडाइँ, कुस्ती, कसरत आदि)]।
२.
वास्तु, मूर्ति, चित्र, सङ्गीत, साहित्य आदि ललित कला वा विद्या।
३.
कुनै काम प्रशंसित तथा आकर्षक रूपमा गर्ने ढङ्ग; जुक्ति।
४.
तेज; प्रभाव।
५.
शोभा ।
६.
इन्द्रजाली वा चटकीको काम।
७.
खेलबाड ।
८.
चन्द्रकलाको सोह्रौं भाग।
९.
सूर्यका प्रकाशको बाह्रौँ भाग।
१०.
अग्निमण्डलको दसौँ भाग।
११.
छल।
१२.
राशिको तिसौं भागको साठियौँ भागको पनि साठियाँ भाग।
१३.
अनुभव तथा ज्ञानका आधारमा सम्बद्ध सिद्धान्तलाई ध्यानमा राख्तै कुनै काम नियमित रूपमा गर्ने वा कृति प्रस्तुत गर्ने कौशल।
१४.
मानिसको जीवननिर्वाह तथा उच्च कोटिको ज्ञानप्राप्तिका निम्ति योग्य बनाउने अध्ययन तथा अनुशीलनको एक अङ्ग वा महत्त्वपूर्ण क्षेत्र (तुल. अड्. आर्टस्)।
१५.
वास्तु वा मूर्तिकलामा दुई मात्रा बराबरको नाप; दुई अङ्‌गुल बराबरको परिमाण।

सम्बन्धित शब्दहरू