काँगियो

Romanized: kaamgiyo, kaangiyo, kangiyo, kamgiyo

केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कङ्कतिका]

१.
केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु; कपाल कोर्न प्रयोग गरिने साधन; काँइयो; कँगयो; कँगिनी; काइँयो।
२.
काँगियोजस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेंलो फूल फुल्ने एक जातको रुख।
३.
केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन्।)।
४.
कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव।

सम्बन्धित शब्दहरू