काँचो
Romanized: kaamcho, kamcho, kaancho, kancho
नपाकेको; प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ.); सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कच्चर]
१.
नपाकेको; प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ.);
२.
यन्त्र वा कलाद्वारा परिष्कृत नपारिएको (काँचो फलाम, काँचो पदार्थ इ.); अपरिपक्व।
३.
बुद्धि, विचार, व्यवहार आदिमा पाको नभएको (काँचो मान्छे, काँचो उमेर इ.)।