काली
Romanized: kaali, kaalee, kalee, kalii
काली (kaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काली(१)
(नाम [संस्कृत])
१..
कालिका देवी; दुर्गा; चण्डी।
२..
सोह्र विद्यादेवीमध्ये एक।
३..
पार्वतीको एक नाम वा उपाधि।
४..
कालिमा।
५..
अग्निका सात जिह्वामध्ये एक।
६..
रात।
७..
काला बादलको पङ्क्ति।
८..
हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णागण्डकी; सप्तगण्डकीमध्ये एक (उदा.- कालीपार, कालीवार)।
काली(२)
(विशेषण [कालो + ई])
१..
कालो अनुहार वा वर्ण भएकी; कालो पोतेकी (स्त्री)।
२..
(नाम)
'कालो' शब्दको स्त्रीलिङ्गी रूप; मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द।
३..
(नाम)
जुत्तामा लाउने कालो पालिस वा रोगन।
उदाहरण वाक्य
- कालीपार, कालीवार