काल

Romanized: kaala, kaal, kal, kala

वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बिचको समय; बेला; बखत; अवधि; टाइम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वर्ष, महिना, बार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा क्रियाका बिचको समय; बेला; बखत; अवधि; टाइम; मौसम।
२.
कुनै कार्य गर्नका निमित्त उपयुक्त घडी वा अवसर ।
३.
समयको कुनै निश्चित अवधि वा सूचक मान (उदयकाल, प्रातःकाल, सायङ्काल इ.)।
४.
मृत्युका देवता; यम।
५.
मृत्यु; मरण; नियति।
६.
शनिग्रह।
७.
खण्ड; अनुभाग।
८.
शिव।
९.
व्याकरणमा कार्य वा अवस्थाका समयलाई बोध गराउने क्रियाको रूप वा रूपावली (भूत, वर्तमान र भविष्यत्)।
१०.
सङ्गीत तथा छन्दशास्त्रमा कालको नपाइ।
११.
(विशेषण) कालो रङको; कृष्ण वर्णको।

सम्बन्धित शब्दहरू