कि
Romanized: ki
दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.- पढ्छौ कि पढ्दैनौ?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [संस्कृत किम्]
१.
दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.- पढ्छौ कि पढ्दैनौ?)।
२.
मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द। (उदा.- कि तिमी जाऊ कि मलाई जान देऊ।)।
३.
(निपात)
प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द (उदा.- उसले मलाई पढाउँछ कि? ऊ त्यहाँ छैन कि ? ) ।
४.
उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त.)।
उदाहरण वाक्य
- पढ्छौ कि पढ्दैनौ?