केन्द्र

Romanized: kendr, kendra

कुनै स्थान वा वस्तुको मध्य भाग वा बिन्दु; माझ; बिचको ठाउँ; नामि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै स्थान वा वस्तुको मध्य भाग वा बिन्दु; माझ; बिचको ठाउँ; नामि।
२.
विभिन्न कार्यसञ्चालन हुने मुख्य ठाउँ वा सदर मुकाम।
३.
सङ्घसंस्था आदिको प्रधान कार्यालय रहेको स्थान।
४.
सधैँ बस्ने ठाउँ ।
५.
तैनाथ गर्ने विभाग।
६.
फलित ज्योतिषअनुसार जन्मकुण्डलीको पहिलो, चौथो, सातौँ र दसौं स्थान।

सम्बन्धित शब्दहरू