कोश

Romanized: kosha, kosh, kos, kosa

अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार; ढुकुटी; खजाना; कोष । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार; ढुकुटी; खजाना; कोष ।
२.
कुनै निश्चित क्रमनियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ; शब्दकोश।
३.
तरबार, खुकुरी आदि हतियारको दाप।
४.
कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय)।
५.
रुखबिरुवा वा सागपातको फूल।
६.
कोपिला; कोसो; कोयो।
७.
अण्ड; अण्डकोश।

सम्बन्धित शब्दहरू