क्षेत्र
Romanized: kshetra, kshetr, ksetr, ksetra
बाली रोपिने जग्गाजमिन; खेत; भूमि; फाँट-मैदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाली रोपिने जग्गाजमिन; खेत; भूमि; फाँट-मैदान।
२.
उत्पत्तिस्थान।
३.
पुण्यतीर्थ; धाम (कुरुक्षेत्र, वराहक्षेत्र, मुक्तिक्षेत्र इ.); पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय आदिले युक्त शरीर।
४.
वीर्यको स्थापना गरी सन्तान उत्पन्न गर्ने रूपमा पत्नी वा स्त्री; कोख।
५.
राजनीतिक, सामाजिक, साहित्यिक, भौगोलिक आदि विचारले वा त्यस्तो कुनै कामविशेषका निम्ति निर्धारित स्थल।
६.
पुरातात्त्विक वस्तु प्राप्त गर्ने उद्देश्यले उत्खनन वा अन्वेषण गरिने ठाउँ।
७.
नेपालका पाँच खण्डमा विभाजित विकासक्षेत्र (पूर्वाञ्चल विकासक्षेत्र, मध्यमाञ्चल विकासक्षेत्र, पश्चिमाञ्चल विकासक्षेत्र, मध्य पश्चिमाञ्चल विकासक्षेत्र र सुदूर पश्चिमाञ्चल विकासक्षेत्र)।