खाजा
Romanized: khaajaa, khaaja, khajaa, khaaj
खाजा (khaajaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खाजा(१)
(नाम [खजमज?])
१..
पोते उन्दा धागामा नउनिई छिरलिएका दाना।
२..
छाप्ने अक्षरका विभिन्न टाइप एकै ठाउँ मिसिएको रास वा थुप्रो।
खाजा(२)
(नाम [प्राकृत खज्ज८ संस्कृत खाद्य])
१..
मध्याह्न घर्केपछि खाइने खानेकुरो; दिउँसोको साधारण खाना; चमेना; अर्नी।
२..
विवाह भएको वर्ष दिनपछि दुलाहाबाट दुलहीका माइतमा कोसेलीका रूपमा पठाइने सेलरोटी, फलफूल आदि खानेकुरो ।