खाना
Romanized: khaanaa, khaana, khanaa, khaan
खाना (khaanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खाना(१)
(नाम [प्राकृत खाअन८ संस्कृत खादन])
१..
खानेकुरो; खाद्य वस्तु; भोज्य पदार्थ।
२..
खाने वा भोजन गर्ने काम।
खाना(२)
(नाम [फारसी खान])
१..
घर वा कुनै ठाउँको खण्ड; तह; कोठा।
२..
घर (कोरीखाना, पागलखाना इ.)।
३..
सरसामान राख्नका लागि गाह्रो, आलमारी, टेबुल आदिमा बनाइने खण्ड वा विभाग।
४..
सानो डिब्बा।