खावा
Romanized: khaavaa, khaava, khavaa, khaawaa
खावा (khaavaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खावा(१)
(नाम [संस्कृत खात])
१..
किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल; खाई।
२..
शत्रुले हमला गर्न नसक्ने उद्देश्यले गहिरो र नाघ्न नसकिने गरी किल्लामा बनाइएको खाल्टो वा सानो घाटी।
खावा(२)
(नाम)
1.
कुनै काम गर्नाका लागि तोकिएको अवधि; भाका; म्याद। (उदा.- हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ)।
खावा(३)
(नाम)
1.
बेसरी उमालेर बाक्लो पारी तताइएको दुध।
उदाहरण वाक्य
- हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ