खोर

Romanized: khor, khora

खोर (khor) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खोर(१)

(नाम [संस्कृत खुरप्र])
१..
जीवजन्तु पाल्न वा थुन्न बनाइएको साँघुरो कोठो।
२..
बाघभालु आदिलाई झुक्क्याई समात्नाका लागि थापिने पिंजडा वा त्यस प्रयोजनका लागि प्रयोग गरिने कटेरो वा कोठोजस्तो वस्तु।
३..
थुनुवालाई थुन्ने साँघुरो कोठो; थुनाघर; थुनुवाघर।

खोर(२)

(विशेषण [फारसी])
1.
कुनै संज्ञाका पछिल्तिर जोडिई सूक्ष्म व्यङ्ग्यसहित 'ज्यादै खाने' भन्ने अर्थ व्यक्त गर्ने प्रत्ययधर्मी उत्तरपद वा उपपद (हावाखोर, गोताखोर आदि)।

सम्बन्धित शब्दहरू