गजल

Romanized: gajal, gajala

उर्दू र फारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुने त्यस्तो कविता-भेद जसमा ५ देखि ११… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
उर्दू र फारसीमा लेखिने, नायिकाको सौन्दर्य र उसप्रतिको प्रेमको वर्णन हुने त्यस्तो कविता-भेद जसमा ५ देखि ११ सम्म शेर (युग्मक) हुन्छन्। सबै शेर एउटै रदिफ (काफियापछि आउने शब्दसमूह) र काफिया (अन्त्यानुप्रास) मा रचिएका हुन्छन् र प्रत्येक शेरको विषय भिन्न हुन्छ। पहिलो शेर मत्ला कहिन्छ र यसका दुवै मिसरा (पङ्क्ति) सानुप्रास हुन्छन् अनि अन्तिम शेर मक्ता कहिन्छ र यसमा शायरले आफ्नो उपनाम प्रस्तुत गर्दछ।

सम्बन्धित शब्दहरू