गज

Romanized: gaj, gaja

गज (gaj) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गज(१)

(नाम [संस्कृत])
१..
हात्ती।
२..
ज्योतिषशास्त्रमा आठको अङ्क।

गज(२)

(नाम [फारसी])
१..
गजप्रणालीमा सोह्र गिरा वा छत्तीस इन्च अर्थात् तीन फुट लमाइको नापो।
२..
दुई हात लमाइ बराबरको नाप्ने डन्डी।
३..
सारङ्गी, बेला आदि बजाउने साधन; कमानी; गजो।
४..
घाउ-खटिरा आदिमा औषधी लगाइने सुत्लो।
५..
कुनै वस्तुको चौडाइतिरको भाग।
६..
भरुवा बन्दुकमा बारुद र लत्ता खाँने फलामे डन्डी।
७..
(विशेषण) दुई हात लमाइ भएको; तीन फुटको ।

सम्बन्धित शब्दहरू