गम्कनु
Romanized: gamkanu
रूप, सिप, बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु, गमक्क पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गमक्क+नु]
१.
रूप, सिप, बल, बुद्धि, धन आदिले मत्त हुनु; मात्तिनु; कसैलाई टेरपुच्छर नलाउनु, गमक्क पर्नु।
२.
बाजागाजा धूमधामसित बज्नु।
३.
खुब बास्ना आउनु; सुवास चल्नु।