गल्नु
Romanized: galnu
थकित हुनु, थाक्नु; कडा परिश्रमपछि शारीरिक थकान बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत गल्]
१.
थकित हुनु, थाक्नु; कडा परिश्रमपछि शारीरिक थकान बढ्नु।
२.
पाकेर गलक्क हुनु; नरम हुनु।
३.
अपराध सकारी कायल हुनु; लाचार हुनु।
४.
अर्काका अघिल्तिर आफ्नो कमजोरी स्विकार्नु; लत्रनु; झुक्नु।
५.
दुब्लाउनु; खर्त्याकखुलुक हुनु।
६.
आफ्नो टेक लिन असमर्थ हुनु।
७.
निर्धन हुनु; गरिब हुनु।