ग्रन्थि

Romanized: granthi

धागो, डोरी आदिमा परेको वा पारिएको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धागो, डोरी आदिमा परेको वा पारिएको गाँठो।
२.
बन्धन।
३.
उखु, बाँस आदिको आँख्लो।
४.
दुई अङ्गको जोर्नी।
५.
वायु आदिको विकारले गाँठा-गाँठा परेर फुल्ने एक प्रकारको रोग।
६.
शरीरभित्र कोषाणुको योगले बनेको प्रत्येक गाँठो।

सम्बन्धित शब्दहरू