घोत्लिनु
Romanized: ghotlinu
ज्यादै पिर परेका बखतमा मुन्टो निहुराएर बस्नु; झोक्राउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [घोत+लि+नु]
१.
ज्यादै पिर परेका बखतमा मुन्टो निहुराएर बस्नु; झोक्राउनु।
२.
चिन्ताले घोरिनु; सोचाइमा पर्नु।