चिना

Romanized: chinaa, china, chin, cin

चिना (chinaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चिना(१)

(नाम)
१..
दुबाका जस्ता लामा-लामा पात र बन्साका जस्ता झुप्पादार फूल हुने एक प्रकारको सानो झार।
२..
त्यसैका दाना वा फल; एक जातको कागुनु।

चिना(२)

(नाम [संस्कृत चिन्ह])
1.
ज्योतिषशास्त्रअनुसार मानिसको जन्मका समयको ग्रहनक्षत्रहरूको स्थिति र तिनीहरूको आपसी सम्बन्ध (जसको आधारमा मानिसको भाग्यको निर्णय गरिन्छ) बारे लेखिएको कुण्डली आदिसमेत भएको कागज; जन्मपत्रिका; जन्मकुण्डली; चिन्हा; टिप्पन।

सम्बन्धित शब्दहरू