चुमुर्को
Romanized: chumurko, cumurko
दिँदा, बाँड्दा वा राख्दाको अल्प मात्रा; चुबुर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल चुपुर्+को]
१.
दिँदा, बाँड्दा वा राख्दाको अल्प मात्रा; चुबुर्को।
२.
सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प-उपयोगी वस्तु।
३.
फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु।
४.
भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु।