छँटनी

Romanized: chhamtani, chhantani, chhamtanee, chhantanee

छाँटछँट पार्ने काम; छँटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छाँट+अनी]

१.
छाँटछँट पार्ने काम; छँटाइ।
२.
धेरै भएर गाँजिई सेप लाग्ने अवस्थामा पुगेका बोटबिरुवालाई उखेलेर छरितो पार्ने वा ठिक्क राख्ने काम।
३.
कुनै पदार्थमा मिसिएको विजातीय पदार्थ वा अनिष्ट वस्तुलाई हटाउने काम।
४.
अनावश्यक वा अल्छी र अयोग्य कामदारहरूलाई हटाउने काम; पजनी।
५.
विभिन्न ठाउँमा लैजाने वस्तुहरूलाई बेग्लाबेग्लै छुट्ट्याउने काम।

सम्बन्धित शब्दहरू