छिटो
Romanized: chhito, chito
छचल्किएर वा उछिट्टिएर आउने पानीको बिन्दु; जलकण; पानीको थोपो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत छिट्टो ८ संस्कृत क्षिप्त]
१.
छचल्किएर वा उछिट्टिएर आउने पानीको बिन्दु; जलकण; पानीको थोपो।
२.
दुध, मसी, रङ वा त्यस्तै कुनै तरल वस्तुको थोपो।
३.
शुद्धिका निम्ति सेचन गर्ने जल; चोख्याउन छम्केको पानीको थोप्ला।
४.
(विशेषण)
फुर्तिलो; छिटोछरितो; चलाक।
५.
(क्रियाविशेषण)
तुरुन्तै; चाँडो; लगत्तै; झट्टै।