छैटी

Romanized: chhaiti, chhaitee, chhaitii, chaitee

बालक जन्मेको छैटौं दिनको रातमा गरिने उत्सव वा कर्म; त्यसै दिन गरिने षष्टिका देवीको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत षष्ठिका]

१.
बालक जन्मेको छैटौं दिनको रातमा गरिने उत्सव वा कर्म; त्यसै दिन गरिने षष्टिका देवीको पूजा।
२.
छैटौं दिनको रात्रि; बालकको भाग्य भावीले त्यसै दिन लेख्छ भन्ने परम्पराअनुसार रातभर बालकका नजिकै बत्ती बालिने कार्य।
३.
सनातनी सम्प्रदायका सोह्र संस्कारमध्ये नामकरण संस्कार र जातकर्म संस्कारका बिचको एक अतिरिक्त संस्कार।

सम्बन्धित शब्दहरू