छोड्नु

Romanized: chhodnu, chodnu

आफ्नो अधिकार वा स्वत्व त्याग्नु; छाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत छोट्ट+नु]

१.
आफ्नो अधिकार वा स्वत्व त्याग्नु; छाड्नु।
२.
बन्धनमा परेका बस्तुभाउलाई फुकाउनु; कैदमा परेको बन्दी फुक्का गर्नु।
३.
गोला, बारुद, क्षेप्यास्त्र आदि फ्याँक्नु; प्रक्षेपण गर्नु।
४.
चिठीपत्र आदि हुलाकबाट चलाउनु।
५.
बिरामी निको हुनु; रोगमुक्त हुनु।

सम्बन्धित शब्दहरू