छोपाछोप

Romanized: chhopaachhopa, chhopaachhop, chhopachhopa, chhopachhop

जसले सक्यो उसैले छोपेर, लुटेर, खोसेर लिने काम; हारालुछ; तानातान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जसले सक्यो उसैले छोपेर, लुटेर, खोसेर लिने काम; हारालुछ; तानातान।
२.
अर्काले देख्न नहुने वस्तु देखिहाल्लान् कि भनेर हत्तपत्त ढाकछोप गर्ने वा लुकाउने काम; छिपाउने काम।
३.
मौकामा गरिहाल्नुपर्ने काम; अवसर गुम्ला भनेर गरिहालिने काम।
४.
द्रुतगतिमा गरिएको छोपाइ।

सम्बन्धित शब्दहरू