जिलाउनु

Romanized: jilaaunu, jilaunu

जिलाउनु (jilaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जिलाउनु(१)

(सकर्मक क्रिया [जिलो+आउ+नु])
१..
मकै, धान आदि छर्नु, रोप्नुभन्दा पहिले झार उखल्ने र डल्ला फोर्ने काम गर्नु; खेतीका लागि बारी तयार पार्नु।
२..
मकै, कोदो, गहुँ आदिका ठोसा केलाउनु; कसिङ्गर छुट्ट्‌याउनु।
३..
केही जिलो पनि बाँकी नराखी सबै रित्त्याएर लैजानु; हलसारो पार्नु।
४..
जिप्ट्याउनु।

जिलाउनु(२)

(सकर्मक क्रिया [जिउ+लाउ+नु])
1.
हे. जियाउनु।

सम्बन्धित शब्दहरू