जुध्नु

Romanized: judhnu

रिसइबी साध्न वा कुनै कुरा प्राप्त गर्न दुई वा दुई समूहका व्यक्तिका बिच परस्पर लडाइँ हुनु; युद्ध हुनु; परस्पर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत युध्+नु]

१.
रिसइबी साध्न वा कुनै कुरा प्राप्त गर्न दुई वा दुई समूहका व्यक्तिका बिच परस्पर लडाइँ हुनु; युद्ध हुनु; परस्पर द्वन्द्व मच्चिनु।
२.
सजातीय वा भिन्न जातीय जीवजन्तु एक अर्कासँग लड्नु, परस्परमा सिङ, चुच्चो आदिले घोच्ने, ठुड्ने, ठेल्ने आदि गरी भिड्नु।
३.
मोटर आदि परस्परमा ठक्कर खानु।

सम्बन्धित शब्दहरू