जोडी
Romanized: jodee, jodii, jodi
एकै ठाउँमा रहेका प्रेमी र प्रेमिका; युगल प्रेमी; दम्पती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जोडा+ई]
१.
एकै ठाउँमा रहेका प्रेमी र प्रेमिका; युगल प्रेमी; दम्पती।
२.
भाले-पोथी; जोडा।
३.
जोर वस्तु; बिजोर नभएको वस्तु।
४.
समानता; समता; बराबरी।
५.
(विशेषण)
होडबाजी गर्ने; प्रतिद्वन्द्वी; प्रतिस्पर्धी।