झुल्नु
Romanized: jhulnu
बसेर, उठेर वा झुन्डिएर हल्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत झुल्ल+नु]
१.
बसेर, उठेर वा झुन्डिएर हल्लनु।
२.
चाकरीमा धाउनु, लिसो लाग्नु।
३.
कामविना यताउति घुम्नु; लरखराउनु।
४.
निद्राले झप्पझप्प हुनु; उड्नु।
५.
साहित्य, सङ्गीत आदि कलाको रसमा लीन भएर झुम्नु।