झेल्नु
Romanized: jhelnu
आपत् र कष्ट परे पनि आइपरेको अवस्थासँग पछि नहट्नु; अप्ठेरो समस्यालाई पार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [झेल+नु]
१.
आपत् र कष्ट परे पनि आइपरेको अवस्थासँग पछि नहट्नु; अप्ठेरो समस्यालाई पार गर्नु।
२.
दुःखसँग जीवन-निर्वाह गर्नु।
३.
जालझेल गर्नु, बखेडा गर्नु; निहुँ खोज्नु।
४.
कुनै काम चाँडो नगरी टङ्ग्याइदिनु; अल्झाउनु।
५.
अलमल्याउनु; फिसोल्नु।