टप्कनु
Romanized: tapkanu
थोपाथोपा गर्दै पानी चुहिनु वा खस्नु; बुँदबुँद गरी झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल तप्+कनु]
१.
थोपाथोपा गर्दै पानी चुहिनु वा खस्नु; बुँदबुँद गरी झर्नु।
२.
एक्कासि आइपुग्नु; प्रकट हुनु।
३.
(सकर्मक क्रिया)
उछिन्नु; टप्नु।
४.
फड्केर नाघ्नु।
५.
टपक्क टिपेर लग्ने काम हुनु।