टलटल
Romanized: talatal, talatala
कुनै पारदर्शक वस्तुमा उज्यालो ठक्कर खाएर चम्कने गरी; सूर्य, चन्द्र, बिजुली आदिको प्रकाश ऐना, पानी आदिमा परेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टल्+अ (द्वि.)]
१.
कुनै पारदर्शक वस्तुमा उज्यालो ठक्कर खाएर चम्कने गरी; सूर्य, चन्द्र, बिजुली आदिको प्रकाश ऐना, पानी आदिमा परेर चम्के कैं; टलकटलक।
२.
एकटकसित हेरिरहेर; क्वारक्वार्ती।