टाँड
Romanized: taamda, taamd, taanda, tamd
चारै सुरमा खाँबा गाडेर वा भित्ता कपेर फल्याक, बाँसका चिर्पट आदि छापी सामान राख्न वा सुत्न बनाइएको मचान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थाणु]
१.
चारै सुरमा खाँबा गाडेर वा भित्ता कपेर फल्याक, बाँसका चिर्पट आदि छापी सामान राख्न वा सुत्न बनाइएको मचान।
२.
मुर्दा बोक्ने खट; शवयान; अर्थी।
३.
मालसामानको चाङ लगाउँदा बिचबिचमा परेको छिद्र।
४.
दुई नदीका बिचको चुलिएको जमिन।