टिप्नु

Romanized: tipnu

कुनै ठाउँबाट चिजबिज एकएक गरी लिनु; पालैसित एकपछि अर्को झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [टिप्+नु]

१.
कुनै ठाउँबाट चिजबिज एकएक गरी लिनु; पालैसित एकपछि अर्को झिक्नु।
२.
रुखबाट फूल वा फलहरू चुँड्नु।
३.
एकएक गरी रौंहरू उखेल्नु।
४.
टप्काउनु; उडाउनु।
५.
घोडचडीको नियन्त्रणमा नरही घोडा वेगले दौडनु।
६.
कुराका प्रसङ्गमा अर्काको कुरा उछिनेर बोल्नु।
७.
व्यक्ति वा वस्तुहरूको नाम लेख्नु; टाँक्नु।
८.
भनेको तुरुन्तै बुझ्नु।
९.
छिटै अनुकरण गर्नु।
१०.
सिउँदा लामा फड्का मार्नु।

सम्बन्धित शब्दहरू