टिप्पणी

Romanized: tippanee, tippanii, tippani

कठोर र गूढ अर्थको व्याख्या; टीका। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कठोर र गूढ अर्थको व्याख्या; टीका।
२.
विशेष कुरा सम्झाउन टिपिने सानो लेख।
३.
कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेख आदिमा गरिने समालोचना।
४.
जल्दोबल्दो कुनै घटनाका बारेमा सम्पादकले प्रकट गरेको विचार ।
५.
सानो चिना; जन्मपत्रिका; टिप्पन।
६.
कुनै कुराको ज्ञापन।
७.
कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार; कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख। (उदा.- टिप्पणी उठाउन बाँकी रहेकाले निवेदनमा कारबाई हुन बाँकी छ)।

उदाहरण वाक्य

  • टिप्पणी उठाउन बाँकी रहेकाले निवेदनमा कारबाई हुन बाँकी छ

सम्बन्धित शब्दहरू