तग्नु
Romanized: tagnu
तग्नु (tagnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तग्नु(१)
(अकर्मक क्रिया [संस्कृत तिक])
१..
बुढ्याइँ, कडा बिमारी आदिका अवस्थामा पनि बाँच्न सक्नु; शरीरमा टिक्ने वा अड्ने शक्ति हुनु।
२..
अरूका भनाइ, बुहार्तन आदि खपेर बस्नु; कष्ट, कहर सहनु।
तग्नु(२)
(सकर्मक क्रिया [संस्कृत टङ्क+नु])
1.
तग हालेर वा अस्तरसमेत गरी सिउनु; दुई तह कपडाका बिचमा रुवा हाली सो रुवालाई समेत खुटी बुट्टा पारी (कपडा, दोलाईं, सिरक, खास्टो आदि) सिउनु।